देशको नाम
सुप्रिम गिरी
कक्षा : १
आज हामी साना छौँ
भोलि ठूला हुन्छौं
गुरुहरूले देखाएको
बाटो हिड्ने छौँ ।
माया गरी सिकाउनु हुन्छ गुरुआमा
लेख्न नजाने नि समाई हातमा ।
ध्यान दिई पढ्ने हाम्रो काम
ठूलो भई राख्नुपर्छ यो देशको नाम ।
काठमाडौं युरो आई.बी. वर्ल्ड स्कुल
टोखा–८, गोँगबुँ, काठमाडौं
मेरो विद्यालय
प्रेष्टाइन शर्मा
कक्षा : १
मेरो विद्यालय प्यारो छ,
मलाई ज्ञान दिन्छ ।
बिहान बिहान स्कुल जाँदा,
मनलाई खुसी बनाउँछ ।
किताब बोकी कक्षा जान्छु,
साथीहरू सँग बस्छु ।
गुरुआमाकको मिठो बोली,
ध्यान दिएर सुन्छु ।
मेरो विद्यालय जीवन हो,
भविष्यको आधार ।
मिहिनेत गर्दै अघि बढे,
सपना बन्छ साकार ।
काठमाडौं युरो आई.बी. वर्ल्ड स्कुल
टोखा–८, गोँगबुँ, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: