लेख

उत्कृष्ट बालप्रतिभा

२० चैत्र २०८२
इडन ब्रिज एकेडेमी

पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइला

परिस्थितिसँगै परिवर्तनमा रुचि र लक्ष्य राख्ने रचना
रचना बुढा मगर


रचना बुढा मगरको जन्म दाङ जिल्लाको राजपुर गाउँ पालिका–१, गुरुङ्गखोलामा बुबा प्रेम बहादुर बुढा मगर र आमा लक्ष्मी रजाली मगरको कोखबाट २०६९ साल भदौ १० गते भएको हो । उनी हाल टोखा नगरपालिका–४, धापासीमा अवस्थित इडन ब्रिज एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छिन् । पढाइमा मेधावि रहेकी रचना अत्यन्त लगनशील र अनुशासित छिन् । सरलपना र नेतृत्वदायी भूमिका उनको परिचय हो । उनको मनपर्ने विषय सामाजिक शिक्षा हो भने उनलाई चित्र बनाउन, गिटार बजाउन र नयाँ–नयाँ पुस्तक पढ्न औधि मनपर्छ ।

रचना बुढा मगर २०८१ सालमा काठमाडौं प्याब्सनद्वारा आयोजित PABSON MISS LITTLE IDOL प्रतिस्पर्धामा विभिन्न विद्यालयका ६२ प्रतिस्पर्धिहरूलाई उछिन्दै Best Speech को टाइटल अवार्डका साथ PABSON MISS LITTLE IDOL बिजेता बन्दै नगद रू.३०,०००।– जित्न सफल भएकि थिइन् ।

अतिरिक्त क्रियाकलाप भनेपछि हुरुक्कै हुने रचनाले विद्यालयद्वारा हालसालै सम्पन्न छन्द कविता वाचनमा पनि उनी प्रथम स्थान र वृहत चित्रकला प्रदर्शनीमा तृतीय स्थान हासिल गर्न सफल भएकि थिइन् । समय र परिस्थितिसँगै मान्छेको रुचि र लक्ष परिवर्तन हुँदै जाने मान्छेको स्वभाव भएको कुरा बताउने रचना कुनै पनि पेशामा एक सफल व्यक्ति हुने भविष्यमा उनको लक्ष रहेको छ ।
हाल उनी इडन ब्रिज एकेडेमी बाल क्लबको अध्यक्षसमेत रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: