पढाइको साथै विविध क्रियाकलापमा लम्किरहेका उत्कृष्ट पाइला
विज्ञान र प्रविधिको खोजमा तल्लीन प्रवेश
प्रवेश पाठक

ज्योतिकृञ्ज एकेडेमी लिखु–६, थानसिङ, नुवाकोटमा कक्षा ९ मा अध्ययनरत छात्र प्रवेश पाठक पिता प्रकाश पाठक र माता कमला पाठकका कोखबाट जन्मिएका हुन् । प्रवेश कक्षा नर्सरीदेखि नै निरन्तर यस विद्यालयमा अध्ययनरत छन् । पढाइ, लेखाइमा उत्कृष्ट रहँदै आएका प्रवेश आन्तरिक तथा बाह्य प्रतियोगीताहरूको साथै कक्षागत परीक्षाहरूमा समेत प्रथम स्थान हाँसिल गर्दै आएका छन् । उनमा पढाइ, लेखाइका साथै खोज तथा अनुसन्धानमा बढी रुचि रहेको पाइन्छ । उनी प्राथमिक र माध्यमिक तहमा विगतका वर्षहरू झैँ टपर हुँदै आएका छन् । त्यस्तै २०८२ सालमा उनले लिखु गाउँपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगीतामा तृतीय स्थानसमेत हासिल गरेका थिए । हाल विज्ञान र प्रविधिको युग भएकाले यस विद्यालयले सञ्चालन गर्दै आइरहेको रोवोटिक्स कक्षामा सहभागी भई विभिन्न ठाउँमा आफ्ना वैज्ञानिक प्रतिभाहरू देखाउनलाई कार्यक्रममा सहभागी हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्: