थानापति सेवा समाजको भित्तेपात्रो लोकार्पण

३० चैत्र २०८२

काठमाडौ, २०८२ चैत्र २८ गते । थानापति सेवा समाज, गोँगबुँ, काठमाडौंले नव वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण गरेको छ । समाजका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षता र सल्लाहकार कृष्णप्रसाद खकुरेलको प्रमुख आतिथ्यमा भित्तेपात्रो लोकार्पण तथा शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । समाजका कोषाध्यक्ष बद्रिप्रसाद खकुरेलको सञ्चालन तथा सहजीकरणमा  कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सभापति केदारनाथ पाठक, प्रमुख अतिथि कृष्णप्रसाद खकुरले, उपाध्यक्ष सरोज कुमार पाण्डे, पूर्वअध्यक्ष होमनाथ थपलिया, सल्लाहकार महेशप्रसाद सिलवाल, सदस्यहरू उमेश पाण्डे, डा.वीरेन्द्र थपलिया, गोविन्द पाठक, रामशरण थापा, नवराज थापा, उत्तम भेटुवाल, समाजसेवी उत्तम अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा नेपालभित्र र नेपालबाहिर रहनुभएका थानापति सेवा समाजका आजीवन सदस्यहरू, सल्लाहकारहरू, थानापतिवासी, शुभेच्छुक–शुभचिन्तकहरू, विज्ञापनदाता तथा सम्पूर्ण नेपालीदाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामनासहित थानापति सेवा समाजले प्रकाशन गरेको वि.सं. २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: