नेपालगञ्ज, २०८३ वैशाख २ गते। नेपालगञ्ज नागरिकहरूमा सचेतना जगाउने संस्थाको रूपमा परिचित बास नेपाल भएको एक कार्यक्रममा बक्ताहरूले बताए । बास नेपाल र नाईस नेपालगञ्जले आज नेपालगञ्जमा आयोजना गरेको नयाँ बर्ष २०८३ को भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका अथिति प्रदेश सुशासन केन्द्र नेपालगञ्जका प्रमुख उजीर न्यौपानेले बताएका हुन् ।
दुवै संस्थाले आज एक कार्यक्रमका बिच सयुक्त रूपमा आयोजना गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन कार्यक्रममा अथिति गैर सरकारी संस्था महासंघ नेपाल बर्दियाका पूर्व अध्यक्ष कृष्ण जंंग शाहले अन्य संस्थाहरू भन्दा बास नेपाल अलि भिन्नै संस्था रहेको बताए । उनले भने अन्य संस्थाहरूले आफूले गरेका कामहरू देखाउँदैनन् तर बास नेपालले आफूले गर्दै आएको कामहरू देखाउँदै आएको छ जस्ले गर्दा सबै नागरिकहरूले संस्थाको बारेमा जानकारी पाउँछन् ।

त्यसैगरी शिक्षाविद् जनार्दन आचार्याले शुभकामना मन्तब्य दिँदै भने बास नेपालले युवा सचेतनामूलक कार्यक्रम हरू जुन रूपमा गरिरहेको छ त्यसले सँधै निरन्तरता पाओस् । बास नेपालका सल्लाहकार किरण आचार्याले पनि शुभकामना मन्तब्य राखेकी थिइन् ।
शुभकामना मन्तव्य पश्चात कार्यक्रमका अथितिहरूका साथै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा र बास नेपालका अन्य पदाधिकारीहरुका साथै नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट र संस्थाका अन्य पदाधिकारीहरूको उपस्थितिमा आआफ्नो संस्थाको नयाँ वर्षको क्यालेन्डर विमोचन गरिएको थियो ।
सोही अवसरमा असल शासनसूचना केन्द्रद्वारा प्रदेश सुशासन कार्यालयको पुस्तकालयलाई विभिन्न ५८ प्रकारका गरी १९८ वटा पुस्तकहरू प्रदान गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्: