
लघुकथा सर्जक गङ्गा खडकाको जन्म केशरबहादुर बस्नेत र धन बस्नेतकी छोरीको रूपमा आलापोट, काठमाडौमा भएको हो।
३ भाद्र०८१ मा सम्पन्न लघुकथाको कुम्भ मेलामा उनले उक्त कृति मेरो हातैमा दिएर ओझेल परिन्। खोलेर हेर्दा ५८ वटा लघुकथाको बिटो बाँधेको रहेछ ।
आहा ! कति मिठा सामाजिक जीवनमा घटेका वा घट्नसक्ने छोटा कथा । शीर्षकदेखि समापनसम्म कौतूहलता, आकस्मिकता, सूक्ष्मता, सूत्रात्मकता तथा लघुत्व भेटिन्छ । शब्दमा गङ्गाको राम्रो पकड छ। लघुलथाकारले ५ वटा स को ख्याल गर्नुपर्छ । ती स हुन् सरल, सहज, सटीक, सरस र सम्प्रेष्य। गङ्गाका कथामा ती स को सम्यक् प्रयोग भएको पाइन्छ।
गङ्गाको सङ्ग्रहमा मूलत: सामाजिक विषय समेटिएका छन्। सामाजिक मनोविज्ञानका आधारमा कथा सिर्जना गरिएका छन्। नेपाली समाजका पाठकले ती कथामा अफ्नै जीवनका ऊहापोह पाउने छन्। यो किताबका प्राय: सबै सिर्जनाहरू हीरा छन् । म सबै लघुकथा प्रेमी मित्रहरूलाई एक खेप यो कृति पढ्न अनुरोध गर्दै गङ्गाका कथाकारिताको प्रशंसा गर्दछु ।
गोपाल प्रसाद सङ्ग्रौला
झापा ,नेपाल
प्रतिक्रिया दिनुहोस्: