कविता

शिक्षक

३० आश्विन २०८१
अवनी थपलिया

धेरै मिहिनेत गरी खोज्छन्
फैलाउन ज्ञानको ज्योति
यस्ता असल मेरा
शिक्षक सुन, चाँदी, मोती।

सिकाउँछन् भनी,  धनी गरिब
दुवै छन् है समान
जस्तै समस्या आवस् तर
नगुमाउनु है आफ्नो इमान।

कहिले नगर्नु है
कक्षामा शिक्षकले पडाउँदा हल्ला
जतिनै गाली गरे पनि
उहाँले दिनुहुन्छ राम्रो सल्ला।

जे गरेन पनि प्यारो
हामीलाई देशकै माटो
मेरो प्यारो शिक्षकले देखाउनु
हुन्छ सधै राम्रो बाटो।

कक्षा : ५ , महर्षि स्कुल
सामाकोशी, काठमाडौ।

प्रतिक्रिया दिनुहोस्: