पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा कवि गोष्ठी

२ माघ २०८१

काठमाडौं, २०८१ पुष २७ गते शनिबार । अभिनव साहित्य समाजले २७५ औ शृङ्खला अन्तर्गत पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस तथा कवि गोष्ठी सम्पन्न गरेको छ । उपाध्यक्ष विमल अर्यालको सभापतित्व, प्रा.गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्य, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल, मधुसूदन घिमिरे, मेघराज ढकालको विशेष आतिथ्य, शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको धन्यवाद ज्ञापन तथा समीक्षात्मक मन्तव्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

पृथ्वीनारायण शाह देशको एकीकरणमा नेतृत्वदायी भूमिका मात्र हैनन्, उनी साहित्यकार पनि थिए भन्ने भावना राख्दै अतिथिहरूले पृथ्वी जयन्तीको सन्दर्भ पारेर आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । सहभागीहरूमध्ये मधुसूदन ढुङ्गेल, सुरेशचन्द्र घिमिरे र विजय बस्नेतका रचनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागिहरूमा सुशील आचार्य, सरिता दुलाल घिमिरे, ठाकुर प्रसाद खतिवडा, बि.पी. इलामे, बद्री सुवेदी, दिवाकर चालिसे, मधुसूदन आचार्य, परशुराम पराशर, दिवाकर नेउपाने, रघुनाथ आचार्य र लट्स लाइट स्कुलका विद्यार्थीहरूसमेत गरी दर्जनौँको उपस्थति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: