नुवाकोट गोङ्गबुँ सम्पर्क समाजको पाँचौँ साधारण सम्पन्न

२१ माघ २०८१

काठमाडौं, माघ १९ गते शनिबार । नुवाकोट गोङ्गबुँ सम्पर्क समाजको पाँचौं साधारण सभा तथा वनभोज कार्यक्रम टोखा, भूतखेलमा भव्य तरिकाले सम्पन्न भयो । कार्यक्रमको पहिलो सत्र अर्थात् उद्घाटन सत्र समाजका अध्यक्ष योगेन्द्रराज पाण्डेको सभापतित्त्व र बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा आजीवन तथा साधारण सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो ।

कार्यत्रक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह लामा, कार्यक्रमका सभापति योगेन्द पाण्डे, संस्थापक अध्यक्ष उत्तम अधिकारी, रुद्रसिंह तामाङ, ईश्वरी आचार्य, अच्युतम लामिछाने लगायतले समाजको हित र आगामी कार्यक्रमहरूका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।

दुई सत्रमा सञ्चालित कार्यक्रमको दोस्रो सत्र अर्थात् बन्द सत्रमा निर्वाचन समितिका संयोजक नमराज सिलवाल र सदस्यद्वय रामबाबु पाण्डे र राजाराम पुडासैनीको समितिले गराएको निर्वाचन प्रकृयाबाट अचुत कुइकेलको नेतृत्वमा सर्वसम्मत रूपमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो । पाँचौं साधारण सभाबाट निर्वाचित नयाँ कार्य समिति यस प्रकार रहेको छ : अध्यक्ष– अचुत कुइकेल, प्रथम उपाध्यक्ष– निशा पाण्डे, द्वितीय उपाध्यक्ष– राजन सेढाई, महासचिव– गायत्री लामिछाने (रिमाल), सचिव– अप्सरा पण्डित, कोषाध्यक्ष– दामोदर पाण्डे, सहकोषाध्यक्ष– शम्भुप्रसाद पाण्डे, सदस्य– ईश्वरी आचार्य, सदस्य– उद्धव पाण्डे, सदस्य– तेजप्रसाद सेढाई, सदस्य– गुनु खनाल, सदस्य– सुरेन्द्र आचार्य, सदस्य– टेकबहादुर मानन्धर, सदस्य– श्यामकृष्ण भेटुवाल र सदस्य– अनन्त आचार्य ।

नयाँ कार्य समितिको अध्यक्षसहित कार्य समितिका सबै सदस्यहरूलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्: