२०८२ मङ्सिर १२ गते शुक्रबार। गाेकर्णेश्वर न.पा.काे प्रायाेजन र अभिनव साहित्य समाजकाे आयाेजनामा विद्यालय शिक्षकस्तरीय छन्द लेखन तथा वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न भयाे ।
समाजका अध्यक्ष गाेविन्द घिमरे वेदमणिकाे सभापतित्वमा सुरूभएकाे साे कार्यक्रममा न.पा.प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्य रहेकाे थियाे । इष्ट पाेल स्कुलका प्राचार्य राजन काकीर्काे स्वागत मन्तव्य, अभिनवका सचिव तथा कार्यक्रम संयाेजक परशुराम पराजुलीले कार्यक्रम बारे संक्षिप्त जानकारी र सह संयाेजक वी.पी. इलालेकाे धन्यवाद ज्ञापनबाट सुरुभएकाे पहिलो सत्र अतिथि र सभापतिकाे मन्तव्य पछि समाप्त भएकाे थियो।
त्यस लगत्तै प्रा.डा. देवी नेपालले पाँच घन्टा बराबरकाे प्रशिक्षण दिनुभयाे । अन्त्यमा प्रा.डा. रामप्रसाद ज्ञवालीले सारगर्भित मन्तव्य दिँदै कार्यक्रम समाप्त भएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन शारदा पराजुलीले गर्नुभएकाे थियाे। बीच बीचमा प्रश्नाेत्तर तथा केही छन्दका कविता वाचन पनि भएका थिए । कार्यक्रममा विभिन्न विद्यालयबाट ११३ जना सहभागी हुनुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्: