२०८३, असोज ३ गते, काठमाडौँ । सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभा सम्पन भएको छ ।
उक्त सभाका प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले दीप प्रज्वलित गरि उद्घाटनगर्नुभयो ।
उहाँले साहित्यकारलाई फाल्तु जोकर जस्तो बनाइएको समयमा साहित्यकारहरूबीच मात्र नभएर साहित्यिक संघसंस्थाहरुबीच पनि समन्वय र सहकार्य गर्नुपर्ने कुरामा जोड दिए । साहित्यमा पूर्वाग्रह राख्न नहुने उनको तर्क थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले साहित्यिक क्षेत्रमा झाँङिएको विकृतिप्रति कटाक्ष गर्नुभयो । उहाँले जे भनिन्छ त्यो गर्नुपर्छ भन्ने मान्यता बोकेर लाग्न सुझाव समेत दिनुभयो । देशलाई अप्ठ्यारो पर्दा साहित्यकार र साहित्यिक संघसंस्था जिम्मेबार भएर बोल्नुपर्ने उहाँको धारणा थियो । नेपाली कवि र साहित्यकारहरूका गर्व गर्न लायक कृतिहरू भएपनि अनुवादको अभावमा अन्तर्राष्टियकरण हुन नसकेको उहाँको भनाइ थियो ।

कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सुनकोशीसँगको आफ्नो निकटतासहितका अनभूतिहरू साझा गर्नुभयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले छोटो समयमा सुनकोशीका गतिबिधिहरूलाई नजिकबाट निहालिरहेको बताउनुभयो ।
साधारण सभामा सूर्य लाकोजू, पवन आलोक, केशव पराजुली, सुमन सौरभ, शंकर भारती, तेजप्रकाश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव प्रदीप सापकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: