घुम्ती कविगोष्ठीको १५६ औँ शृङ्खला सम्पन्न

१५ मंसिर २०८२

मङ्सिर १३, काठमाडौँ । घुम्ती कविगोष्ठी नेपालको १५६ औँ शृङ्खला तारकेश्वर नगरपालिका–४, गुह्येश्वरीको सेक्रेड हार्ट मा.वि.मा सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बद्रीनाथ भट्टको सभापतित्वमा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि सशस्त्रका प्रहरी महानिरिक्षक राजु अर्याल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा घुम्तीका सल्लाहकार तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि र वरिष्ठ साहित्यकार कणाद महर्षि हुनुहुन्थ्यो ।

घुम्ती कविगोष्ठी नेपालका पूर्व अध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको कार्यक्रम बिहान ८ः३०मा सुरु भएर १०ः३० मा सम्पन्न भएको थियो । यस कार्यक्रममा प्रमुख अतिथि राजु अर्यालले विद्यार्थी भाइबहिनीहरूका कविता सुन्न पाउँदा आफ्नो बालवयको सम्झना भएको कुरा बताउँदै उनीहरूमा कविता लेखनको निरन्तरता होओस् भन्नका लागि सबै बालबालिकाका कविता सङ्कलन गरेर पुस्तक निकाल्न पूर्ण सहयोग गर्ने बताउनुभयो । वहाँले सबै कविता उत्कृष्ट रहेकाले यो कार्यक्रम पूण सार्थक भएको बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले वाचित कविताको सङ्क्षिप्त टिप्पणी गर्दै छन्दज्ञानको अभावले छन्दमा लेखिएका कविता हलुका हुने बताउनुभयो । वहाँले बालबालिकालाई लोकलयका लोकछन्द सिकाउने हो भने राम्रा कविता लेख्ने रहेछन् भन्दै सबै विद्यार्थीलाई लेखिरहने सल्लाह दिनुभयो ।

सभापति बद्रीनाथ भट्टले यस्ता सार्थक कविगोष्ठी गर्ने घुम्ती कविगोष्ठी नेपालले कार्यक्रम आयोजना गरेर यस क्षेत्रको गरिमा बढाएको र विद्यालयले आयोजना गर्न पाएर खुसी लागेको कुरा बताउँदै विद्यालयका विद्यार्थीहरुलाई कविता वाचन गर्न दिएर हौसला बढाइदिनुभएकोमा धन्यावाद भन्नुभयो ।

कविगोष्ठीमा पुरुषोत्तम अर्याल, केशवप्रसाद रेग्मी, डा. घनश्याम पुडासैनी, कणाद महर्षि, गोविन्द घिमिरे वेदमणि, एन.बी. जनकपुरी, दिलकुमारी डङ्गोल, रामचन्द्र दाहाल, शारदा पराजुली, अच्युत पौडेल चिन्तन, थरेन्द्र बराल, प्रमोदप्रसाद नेपाल, नरेश शाक्य, घनश्याम प्रसाईं, राजेशमान केसी, सुशील आचार्य, ज्ञानेन्द्रप्रसाद देवकोटा, अजित आचार्य, गङ्गा खतिवडा, बालकृष्ण दङ्गाल, सपना अधिकारी, कृष्णप्रसाद पौडेल जस्ताघरे, चेवन बस्नेत ठुलाघरे, सञ्जय सोती, परशुराम पराशर, ध्रुव गजुरेल, श्याम देवकोटा र राजेश शाकयले कविता गीत, गजल वाचन गर्नुभयो ।

त्यसैगरी सेक्रेड हार्ट माविका विद्यार्थीहरुमा सुमित तामाङ, मोहित श्रेष्ठ, अभिरोज आचार्य, इभान सेवा, एल्डेन्सी तामाङ, रीया नेउपाने, प्राप्ती कट्टेल, श्रेया गिरी, सशिमा श्रेष्ठ, जेनिसा तामाङ, सुजिता लामा, काव्या पुरी, प्रतिक्षा पुडासैनी, अपेक्षा कुँवर र शिवायुष अर्यालले बालकविता वाचन गर्नुभएको थियो । त्यस्तै कक्षा नौका प्रतिभा कार्की, अनुस्का, आर्षु, समीक्षा र प्रिस्किलाले सामूहिक गीत वाचन गरेका थिए ।

कार्यक्रमको समापनपछि प्रमुख अतिथिलाई विद्यार्थीका हातले बुनेको टोपी मायाको चिनो दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: