२०८३ , साउन २ गते शनिबार ललितपुर । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका उपाध्यक्ष रवीन्द्र आशिष शैलीको जन्मोत्सव कार्यक्रम सिर्जना वाचनका साथ सम्पन्न भयो। इमाडोल बोजेपोखरी, ललितपुरमा मणिराज सिंहको सभापतित्व र शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रविन्द्र आशिष् शैलीले १ कविता, १ मुक्तक र १ गीत वाचन गर्नुभयो ।
प्रमुख अतिथि साकारले शैलीजीलाई बधाई दिदै एउटा कविता वाचन गर्नुभएको थियो। डा युयुत्सु आर डी शर्माले कविता वाचनद्वारा शुभकामना व्यक्त गर्नुभयो। सर्जकहरू श्याम श्रेष्ठ, भुवन शिवाकोटी, जुमन किरण, बुद्धिमान महर्जन, श्रीराम पाण्डे, योगाज राजन कविराज, अन्चु सुवेदी लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।
सभापति मणिराज सिंहले सर्जकहरूको जन्मोत्सव अभियानकै रूपमा मनाउनु पर्दछ भन्दै यस्ता कार्यक्रम भविष्यमा पनि मनाउँदै जाने कुरा बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्: