प्रकृति पाठशालामा ‘प्रकृति पोएट आइडल सिजन वान’

७ भाद्र २०८३

२०८३, काठमाडौं, साउन २५ गते सोमबार । टोखा–३, स्टार टाउन, ढलमल, काठमाडौं स्थित प्रकृति पाठशालाले ‘शब्दमा संवेदना, विचारमा विमर्श र साहित्यमा समृद्धि’ भन्ने नाराका साथ ‘प्रकृति पोएट आइडल सिजन वान’ सम्पन्न गरेको छ ।

विद्यालयका प्रिन्सिपल प्रकाशराज बुढाथोकीको सभापतित्व र डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार/पत्रकार उमेश पाण्डे, न्यूमालश्री स्कुलका अध्यक्ष बलराम भट्ट अतिथिको रूपमा उपस्थि हुनुहुन्थ्यो । प्रकृति पोएट आइडल सिजन वानको यस प्रतियोगिताको निर्णायकमा डा.अम्बिका अर्याल र बालसाहित्यकार सबिना सिन्धु रहनुभएको थियो । कक्षा ५ देखि १० कक्षासम्मका ४२ जना विद्यार्थी भाइबहिनीहरूले भागलिएको उक्त प्रतियोगितामा विविध शीर्षकमा सिर्जनाहरू वाचन गरिएका थिए ।

पोएट आइडल सिजन वान को कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपालले सिर्जनामा साधनाको आवश्यकता पर्छ, अभ्यासले नै सर्जकलाई सफल बनाउँछ, हाम्रा सिर्जलाई नक्कल गर्ने बानीले बिगारेको छ, भन्नुहुँदै विद्यार्थीहरू काँचोमाटो हुन्, हामीले जस्तो सिकाउनसक्यौँ उनीहरू त्यस्तै बन्नेहुन् भन्नुभयो । डा.नेपालले मलाई विद्यालय ससाना बालबालिकालाई कस्तो मान्छे बनाउने कारखाना हो भन्नेलाग्छ, भन्दै गुरु, गुरुआमाहरूले ती अबोध बाल मस्तिष्कहरूमा निष्ठा र इमानदारीपूर्वक सही र साँचो ज्ञान दिनुपर्छ भन्नुभयो । निरन्तरको अभ्यास र प्रयासले नै मान्छे असल बन्ने हो, सफल बन्ने हो, भन्ने कुरामा उहाँको जोड थियो । यहाँ निर्णायकले घोषणा गरेका दुई/चारवटा सिर्जना मात्रै उत्कृष्ट होइनन्, प्रतियोगितामा निर्णय त एउटा प्राविधिक पाटो हो, यसमा आफ्नै सीमा र बाध्यताहरू हुन्छन् । आज सहभागी सबैका सिर्जना उत्कृष्ट छन् र अब्बल छन्, तपाईंहरू सबै विजयी हो, सफल हो, डा.नेपालको भनाइ थियो ।

‘प्रकृति पोएट आइडल सिजन वान’ कार्यक्रमकी निर्णायक डा.अम्बिका अर्यालले आजका सबै कविता उत्कृष्ट थे । प्रस्तुति त्यत्तिकै बजोड र सशक्त थे । सहभागी हरेकका शीर्षक, विषय, भाव र प्रस्तुतिले मन छोएका थिए । तर प्रतियोगितामा निर्णय एउटा छुट्टै पाटो हो, यसका आफ्नै सीमा र बाध्यताहरू हुन्छन् । सबैलाई पुरस्कृत घोषणा गर्नसकिन्न । निश्चित सङ्ख्या तोक्नै पर्ने हुन्छ, भन्नुभयो । उहाँले सही विषयको छनोट गरेर अभ्यासलाई निरन्तरता दिनसक्यौँ भने हाम्रा सिर्जनाहरू बिस्तारै परिस्कृत र सुन्दर हुँदै जानेछन् भन्दै अभ्यासले हामीलाई एउटा महान् र असल सर्जकको रूपमा उभ्याउने छ, भन्ने बताउनुभयो । असल सहभागिता नै सबैको सफलता हो, डा.अर्यालको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश बुढाथोकीले विद्यार्थीहरूभित्र यत्रो प्रतिभा र क्षमता लुकेको रहेछ, मैले चिन्नसकेको रहेनछु, कुनै कविताहरू यति बेजोड थिए, साँच्चै मन छोएका थिए, शब्दले छोयो, प्रस्तुतिले छोयो, भन्नुभयो । उहाँले मैले आज तपाईंहरूका कविताहरू सुनिरहँदा मलाई अब छिटै एउटा प्रकृति साँझ गर्ने विचार आएको छ, मैले कार्यक्रमको परिकल्पना गर्ने र हिँडाउने मात्र हो, हिँड्ने र गर्ने त तपाईंहरूले नै हो, भन्ने विचार राख्नुभयो । विद्यार्थीहरूको प्रतिभा चिन्नलाई अभ्यास गराउनै पर्ने रहेछ, कार्यक्रम नै चाहिने रहेछ, प्रिन्सिपल बुढाथोकीको भनाइ थियो । वहाँले अवसरले नै विद्यार्थीहरूलाई सफल बनाउने र माथि पुर्‍याउने रहेछ, भन्नुभयो ।

अतिथि उमेश पाण्डेले धेरैमा विरलै विद्यालयहरूले दिने यो सेवा र अवसरलाई विद्यार्थी भाइबहिनीहरूले सक्दो उपयोग गर्नुपर्ने बताउँदै कामप्रति समर्पण, अभ्यास र निरन्तरताले नै जीवनमा सफलता ल्याउने हो, प्रतिभा र क्षमतालाई परिस्कृत र समुन्नत पार्ने हो, भन्नुभयो ।

विद्यालयका सहायक प्रिन्सिपल रसित तामाङले स्वागत मन्तव्य राख्नुभएको ‘प्रकृति पोएट आइडल सिजन वान’ कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षिका सिर्जना पन्तले गर्नुभएको थियो ।

प्रतियोगितामा कक्षा ५ बाट एन्जेलिना महर्जन, संगम थापा, आदित्य भट्टराई, रोजिस्मा श्रेष्ठ, काश्वी अर्याल, आस्ना देवकोटा र रेजल बर्देवाले भाग लिएका थिए ।

त्यसैगरी कक्षा ६ बाट कृतिका पण्डित, त्रिविसा बोहोरा, अर्विन्त कौडाल, शिक्षा गुरुङ् र रुषिका थपलियाले कविता वाचन गरेका थिए ।

कार्यक्रममा कक्षा ७ बाट सहभागी विद्यार्थीहरूमा हृथ्वी अर्याल, अदिश्री भट्ट, नम्रता थापा, जिज्ञासा खत्री, काभ्या रिमाल र प्राश्ना के.सी. थिए ।

प्रकृति पाठशालाको ‘प्रकृति पोएट आइडल सिजन वान’ मा कक्षा ८ बाट कृशम थपलिया, वृत्तान्त सिंह खड्का, सरिन अर्याल, एलिजा सिंह थेवे, नेसिका थापा, दिक्षा आचार्य, श्रेया पण्डित, सान्वी डंगोल, परिधि यादव र आर्थी तामाङ्ले सहभागिता जनाएका थिए ।

कक्षा ९ बाट जस्टिन पन्थी, श्रयस धिताल, प्रनिशा रोक्का, सरगम थापा, आज्ञा शाही र युनिशा कौडाल प्रकृति आइडल सिजन वानको प्रतिस्पर्धी थिए ।

त्यस्तै प्रश्लेस राउत, क्यारोलिना महर्जन, विशाखा भुषाल, शर्गम थापा, जेनिशा दाहाल, रिओन के.सी., प्रज्ज्वल कँडेल र साजन जिमी राईले कक्षा १० बाट प्रतियोगितामा प्रतिस्पर्धा जनाएका थिए ।

‘प्रकृति पोएट आइडल सिजन वान’ को प्रतियोगितामा ४२ जना प्रतिस्पर्धीहरूलाई पछिपार्दै कक्षा : ७ कि हृथ्वी अर्याल ‘मेरा बाको टोपी’ शीर्षकको कविताबाट प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । काश्वी अर्याल– कक्षा : ५ ले ‘विविधतामा एकता’ बाट द्वितीय स्थान प्राप्त गर्दा शर्गम थापा– कक्षा : १० ले ‘घरकी देवी, घरकी कैदी’ शीर्षकबाट तृतीय स्थान र कक्षा : ८ की सान्वी डंगोलले ‘परदेशको दशैँ’ शीर्षकको कविता गाएर सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।

प्रतियोगिताको समापनमा कार्यक्रमका सभापति, प्रमुख अतिथि र उपस्थित अतिथिहरूले उत्कृष्ट चार जना प्रतिस्पर्धी विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समारोहमा शिक्षक, विद्यार्थी र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको प्रथमचरणमा जुनियर तह (कक्षा १ देखि ४ सम्म) को कथा वाचनको आयोजना गरिएको थियो । कथा वाचनमा कक्षा १ बाट अर्पन घिमिरे, अनुश्री रिजाल, वैदेहि थापा, श्रयन धिताल, आरुस सिटौला, आकृति जैसवाल र सिभियाना सापकोटा सहभागी थिए । त्यसैगरी कक्षा २ बाट श्रेयन अधिकारी, ग्रीष्मा अधिकारी, प्रिन्स के.सी., अस्मी महर्जन र प्रिन्सी बोहोराले भाग लिएका थिए । त्यस्तै कक्षा ३ बाट नेल्सन बराइली, सुमित पाण्डे, सान्भी कुँवर र शम्भव सिटौलाले कथा वाचन गरेका थिए । कक्षा ४ बाट भने कथा वाचनमा सान्भी बुढाथोकी, उत्सव भुसाल, श्रेया थापा र सोमल देवकोटाको सहभागिता रहेको थियो ।

जुनियर तहको कथा वाचनको अन्त्यमा कार्यक्रमका सभापति, प्रमुख अतिथि र उपस्थित अतिथिहरूले सहभागी सबै विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: