कबाबाट पचास हजार सहयोग

१६ भाद्र २०८३

२०८३ भदौ १० गते बुधबार बिहान भोटेकोसीमा आएको बाढीबाट धेरै धनजनको क्षति भएको र यसबाट धेरै साहित्यकारहरू पनि प्रभावित हुन सक्ने हुँदा सबैलाई व्यक्तिगत रूपमा सहयोग गर्न असम्भव भएको कारण नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले सरकारी तवरबाट सहयोग पुग्ने आशाको साथ नेपाल सरकारको दैवीप्रकोप उद्धार कोषमा एकमुष्ट पचास हजार रुपैयाँ सहयोग प्रदान गरेको कुरा सम्पादक निबन्ध आचार्य द्वारा जारी विज्ञप्तिमा जनाइएको छ। कबाले आफ्नो विशिष्ट सदस्यता शुल्कको रकमको अक्षयकोष खोलेर कबा साहित्यकार उपचार कोष पनि स्थापना गरेको छ । यस कोषबाट हालै मेरुदण्डको पक्षघातबाट पीडित एक साहित्यकारलाई बीस हजार सहयोग उपलब्ध गराएको थियो । कपन बानेश्वर साहित्यिक पत्रिका निबन्ध आचार्य प्रकाशक तथा सम्पादक भएर २०६९ साल साउन ५ गतेदेखि प्रकाशन शुरु भएको हो। हालसम्म कबाको ६२५ अङ्क प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: