स्वप्निल विपनाहरू को परिचर्चा सम्पन्न

७ आश्विन २०८३

२०८३, असोज ४ गते।  विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित “स्वप्निल विपनाहरू” कथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भयो। बिनेसाम नेपालका अध्यक्ष मणिराज सिंहको सभाध्यक्षतामा प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार पुष्कर लोहनी, हिरण्यकुमारी पाठक, चन्द्रप्रसाद भट्टराई , कृष्ण प्रधान, दीपक श्रेष्ठ, दिलिप ढकाल, स्वप्निल विपाहरूका कथाकार नीला घिमिरे, राजनप्रसाद न्यौपानेको उपस्थितिमा डिल्लिबजारस्थित पुष्कर लोहनीको निवासमा भव्यतासाथ कार्यक्रम सम्पन्न भयो।

विनेसाम नेपाल शाखाकी महासचिव कार्यक्रम सहजकर्ता अन्चु सुवेदीले संचालन गरेको कार्यक्रम योगाज राजन कविराज, रचिता दाहाल, बबिता जोशी, सुनिता अधिकारीले कार्यक्रम प्रभावकारी रूपमा संचालनमा सहयोग गरे।

कल्पना मरासिनीले स्वागत मनतव्य दिदै नारी हस्ताक्षरको यो कृति साँचै नै पठनयोग्य भएकोले मफसलका स्रष्टा नीला घिमिरेलाई बधाई भन्नूभयो ।

प्रमुख अतिथि शिखर कवि तथा कथाकार शैलेन्द्र साकारले तराईमा बसोबास गरिरहेकी नीला घिमिरेका कथाहरू आँचलिकताको प्रभावले सम्पन्न समाजिक चेतयुक्त स्तरीय रहेका छन् भन्नुहुँदै बधाई दिए।

वरिष्ठ कथाकार पुष्कर लोहनीले कथामा पुरानो समयदेखि देखिएको प्रभावको पुनर्मूल्यांकन गर्नु पर्दछ भन्नुभयो।  उहाँले कृतिकार नीलाजीलाई मीठो कृतिकोलागी धेरैधेरै बधाई दिनुभयो ।

त्यस्तै कृतिकार नीला घिमिरेले “स्वप्निल विपनाहरू” कृतिको अनुभव सुनाउँदै सबैलाई धन्यवाद भन्दै राम्रो प्रतिक्रिया जनाई दिनुभएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आफ्ना अरू कृतिहरू पनि प्रकाशन उन्मुख रहेको जानकारी दिनुभयो।

विश्व नेपाली साहित्य महासङ्घ नेपाल तथा ज्योति साहित्य प्रतिष्ठान काठमाडौँका अध्यक्ष मणिराज सिंहले धन्यवाद ज्ञापन गर्दै विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रममा बबिता जोशी, सरस्वती श्रेष्ठ, भरत थापा प्रतिक्षित, शुकदेव उपाध्याय, सरला रेग्मी, सुजाता अधिकारी, कुन्दनकुनार पन्त, शिवकुमार ढकाल, राजकुमार श्रेष्ठ , पायल मंडल, रश्मि रिमाल, एन्जल निलु, अविकेशर ओलीलगायतको गरिमामय उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: