वासु शशी साहित्य सम्मान-२०८३ बाट स्रष्टाहरू सम्मानित हुने

११ कार्तिक २०८३

२०८३ कार्तिक १०, काठमाडौं । वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जकहरु खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा र अञ्जु शर्मालाई ‘वासु शशी साहित्य सम्मान २०८३’ प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

उक्त कार्यक्रम आगामी २०८३ मङ्सिर १८ गते काठमाडौं महानगरपालिका वडा नं. ७, सुवणर्पुर सम्पदा संरक्षण समितिको सहकार्यमा हुने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: