
काठमाडौं, फागुन २४ गते । अभिनव साहित्य समाजले आफ्नो २४ औंं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । यस अवसरमा विशिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र विशिष्ट साहित्यकार विजय चालिसेलाई अभिनन्दन गरियो । साथै वेदमणि अभिनव गजल पुरस्कारबाट यस पटक रामबहादुर पहाडीलाई सम्मान गरिएको छ । यसै अवसरमा गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित ‘परिणति’ नामक उपन्यासको लोकार्पण गरिएको छ । अभिनिवको २७७ औँ नियमित मासिक कविता वाचन कार्यक्रम पनि सम्पन्न भयो ।
रोचक घिमिरेको संक्षिप्त परिचय तथा लेखकीय मन्तव्य र धन्यवाद ज्ञापनको कार्य समाजका अध्यक्ष वेदमणिले, विजय चालिसेको परिचय र स्वागत मन्तव्य मेनका आचार्य र पाहाडीको विषयमा परशुराम पराजुलीले मन्तव्य राख्नुभएको थियो ।
पूर्व सचिव गोपी मैनालीले लोकार्पित पुस्तकको विषयमा प्रकाश पार्नुभएको थियो । प्रह्लाद पोखरेल, युवराज मैनाली, बाजुराम पौडेल, विश्वनाथ दाहाल, सीताराम सामकोटा, शर्मिला तिमल्सिना, दिव्यलक्ष्मी पोखरेल, सुरेशचन्द घिमिरे, कविराज घिमिरे, कृष्णप्रसाद पौडेल आदिले रचना वाचन गर्नुभएको थियो । उद्घोषण शारदा पराजुलीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: