
– सबैले हाँस्न पाऊन्, कसैले रुनु नपारोस् ।
– सबैमा शान्ति होस्, कसैलाई तनाव नहोस् ।
– सबै निरोगी हून्, कोही रोगी हुनु नपरोस्
– सबैमा सुमधुर सम्बन्ध होस्, सम्बन्ध कसैको नबिग्रोस्
– सबै खुसी हून्, बेखुशी कसैले हुनु नपरोस् ।
– सबैमा सकारात्मक सोच राख्न सकियोस्, नकारात्म सोच कसैमा नराखियोस् ।
– सबै स्वस्थ रहून्, अस्वस्थ कोही हुनु नपरोस् ।
– सबैमा आराम होस्, कसैले बिराम हुनु नपरोस् ।
– सबैको जीवनमा आनन्द र उत्साह थपियोस्, चिन्ता र तनाव कसैमा नहोस् ।
– कतै द्वन्द्व नहोस्, सबैतिर मेलमिलाप र एकता होस् ।
– झूटमा कसैको मन नजाओस्, सबैले साँचो विचार राखून् ।
– सबैमा संस्कार पलाओस्, अहङ्कार कसैमा नआओस् ।
– सबैको जीवन उल्लास, उमङ्ग र प्रसन्सनताले भरियोस्, पिर, चिन्ता र तनाव कसैले झेल्नु नपरोस् ।
– सबैको जीवनले अँध्यारोलाई जितेर उज्यालो समय बिताओस् ।
– दुःख, पीडा कसैमा नआओस्, सबैमा सुख र आनन्दले बास गरोस् ।
– सबैकोे शारीरिक, मानसिक र बौद्धि क्षमतामा वृद्धि होस्, कसैले पनि हिनामी र दुर्वल बन्नु नपरोस् ।
– सबै हँसिला, स्फूर्तिला र तन्दुरुस्त बनून्, कोही पनि रुञ्चे, जुम्से र सिकुटे नहून् ।
– सबैको अनुहारमा चमक आओस्, निन्याउरो, मधुरो कोही नहून् ।
– सधैं हाम्राले मात्र पद, पैसा र सम्मान नपाऊन्, राम्रा पनि छानिऊन्, योग्यले पनि अवसर पाऊन् ।
– सबैमा संघर्षशील सोँच र लक्ष्य छुने आँट, हिम्मत र अठोट बढिरहोस् ।
– सबै कुरा मैले मात्र जानेको छु नभनौँ, अरू पनि जान्ने छन् भन्ने हेक्का राखौँ ।
– मैले जे भने पनि पत्याउँछन् भन्ने भ्रममा नबाँचौँ, सबैले पत्याउने कुरा गरौँ ।
– सबैको सम्मान गर्न जानौँ, कसैको अपमान नगरौँ ।
– सबै क्षेत्रमा कुशासन हटेर सुशासन आओस् ।
– भ्रष्टाचारीले मुन्टो उठाउन नसकून्, सदाचारीको सर्वत्र राज होस् ।
– सबैले आफ्नो कामलाई इमान्दारीपूर्वक गरून्, अर्काको काममा चियो, चर्चो नराखून् ।
– सबैमा प्रेम, भातृत्व र मेलमिलाप होस्, कसैमा पनि रिस, डाह र ईर्ष्या नहोस् ।
– राजनेताहरूले देश र जनताका बारेमा सोचून्, आफ्नो र आफ्नाको निजी स्वार्थ मात्र नताकून् ।
– कर्मचारीले जनताको सेवकको भावनाले काम गरून्, सेवाग्राहीप्रति अहम् र मालिकको बडप्पन नपालून् ।
– आफ्नो काममा सिन्को नभाँच्ने, अर्काको काममा आकाश–पाताल जोड्ने बानी सबैले छोडौँ ।
– भाषणबाजी र गफले ठूलो हैन, काम र व्यवहारले ठूलो र असल मान्छे बन्न खोजौँ ।
– समय र कामको महत्त्वलाई बुझेर समयको सदुपयोग गर्न सिकौँ ।
– काम र व्यवहारले मान्छेलाई यही जुनीमा स्वर्ग र नर्कमा पुर्याउँछ भन्ने कुराको सधैं हेक्का राखौँ ।
– सबैले ‘खाने भात हो, सुत्ने खाट हो र मर्दा घाट हो’ भन्ने कुरालाई विचारेर असल कर्मतिर मात्र लागौँ ।
– सुन्दर, शान्त, विशाल नेपालको कल्पना गरौँ, देशलाई गाली र घृणा हैन, मान, सम्मान र माया गरौँ ।
– देशबाट लिने मात्र होइन देशलाई केही दिन पनि सिकौँ
नयाँ वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना !
प्रतिक्रिया दिनुहोस्: