साहित्य
दुःख आउँछ र पो मान्छे पिरमा पर्छ ।
कहिल्यै नसोचेको कुरा जब तक्दिरमा पर्छ ॥
जाबो एकवर्ष पुग्ने चामल के दिएर पठाएको थिएँ उसलाई ।
त्यही चामलले पनि ऊ गाउँकै अमिरमा पर्छ ॥
उसलाई वचन गोली लागेको कहाँ हो र ! ऊ बाँच्नलाई ।
बन्दुकको गोली हो त्यसको असर सिधै शरीरमा पर्छ ॥
ऊ बच्चाकी आमालाई परिवारको चिन्ताले चितामा जलायो हरे !
विचरा त्यो बालकलाई के थाहा घरको जिम्मेवारी अब उसको शिरमा पर्छ ॥
यो स्वार्थी दुनियाँको पनि के कुरा गर्छौ तिमी ।
यहाँ समस्यामा परेपछि मात्र सबको आँखा मन्दिरमा पर्छ ॥
भिरकोट, गैंडाथोक, स्याङ्जा।
प्रतिक्रिया दिनुहोस्: