काठमाडौँ, वैशाख २० गते । सुरभि साहित्य प्रतिष्ठानको १७२ औँ नियमित आख्यानवाचन कार्यक्रम समापन भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि सुरभि–रमाबद्री निबन्ध पुरस्कारका संस्थापक तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो । कार्यक्रमका अन्य अतिथिहरूमा प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि, प्रतिष्ठानका संरक्षक युवराज मैनाली, कथाकार दिवाकर न्यौपाने, शिक्षा सेवी उद्धव रायमाझीलगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष प्रमोद प्याकुरेलले स्वागत मन्तव्यसहित लघुकथा वाचन गर्नुभएको थियो । लघुकथा र कथा वाचन गर्नेहरू अन्य स्रष्टाहरूमा भोलानाथ सुवेदी, सुशील आचार्य, सरिता दुलाल घिमिरे, शारदा पराजुली, गीता बराल, सङ्गीता सुवेदी, रञ्जु खनाल, परशुराम पराशर, दिवाकर न्यौपाने, गोविन्द घिमिरे वेदमणि, युवराज मैनाली, विमल अर्याल र बाजुराम पौडेल हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख अतिथि विमल अर्यालले कथावाचक थोरै भए पनि मिठा कथा भएकाले कार्यक्रम सार्थक भएको बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि युवराज मैनालीले कार्यक्रम सफलपार्न संस्थाका सबै कार्यसमिति सदस्य लागि पर्नुपर्ने कुरा बताउँदै सुरभिले धेरैलाई सक्षम कथाकार बनाएको कुरा बताउनुभयो । विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले संस्था दरो बनाउने काममा एक्लैले होइन सबै मिलेर लाग्नुपर्ने बताउँदै अभिनव साहित्य समाजको जस्तो कार्यसमिति हुनुपर्ने कुरा बताउनुभयो । त्यसैगरी अतिथि उद्धव रायमाझीले आफू पनि सुरभि साहित्य प्रतिष्ठानको संस्थापक सदस्य भएकाले यसको १७२ औँ शृङ्खला पुग्दा ज्यादै खुसी लागेको बताउनुभयो । अतिथि विनोद चापागाईंले नव वर्ष २०८२ को शुभकामना दिँदै यस संस्थाका लागि केही गर्न नसकेको बताउनुभयो । अतिथि सञ्जय पोखरेलले यस्ता संस्था पछिसम्म जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्ने र उत्तराधिकारीको स्थान बनाइरहनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: