तिम्रो दिलको कुनाभित्र अटाउँला
तारे भीर पार गरी ठूलो रोड जाउँला
मीठो पिठो जे भए नि राम्रै गरी लिउँला
ईश्वर कृपा खुशी तिमीलाई दिउला । १ ।
बिहानी को मिर्मिरेमा तिम्रै पाउ परी
प्रेमको थुप्रो समालेर राखी मुटुभरि
भगवान्को बास थियो यो मेरो शिर
सुर्य–चन्द्र जस्तै मानी शिरोपर धरी । २ ।
मेरो मुटु भूल अब राख राम्रो गरी
वैरी आई लैजान्छ कि त्यै खरानी पारी
भित्री भाव देखिँदैन फिता नापेसरी
भेल आयो खोला पर्खी जाउँला म तरी । ३ ।
प्रेम माया के हो यसलाई मनन् गरी
यसको गुण दोष हुन्छ भन मेरो हरि
बुभ्mनै कठिन छ है धेरै अलमल परी
किन आउँछ वैशाख–जेष्ठ अनि चर्को हुरी । ४ ।
गोङ्गबुँ गणेशस्थान, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: