साहित्य
अतीतलाई सम्झेर आँसु नझार प्रिय
वर्तमानलाई त्यसै घाइते नपार प्रिय !
लामो छ जिन्दगीको अनवरत यात्रा
बिचैमा विश्रामको बार नबार प्रिय !
हरेक पलको रहस्य गहिरो छ भने
मनको रहर मनमा कैल्यै नमार प्रिय !
द्वेषले सदा सर्वनाशलाई निम्त्याउँछ
हृदयमा विषवृक्ष सार्दै नसार प्रिय !
धोका दिनेलाई धोकै दिनुपर्छ भन्ने छैन
बदलाको भावमा आफैँसँग नहार प्रिय !
बूढानीलकण्ठ, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: