सम्पादकीय
नयाँ वर्ष बयासीमा सुख, शान्ति आऊन्
हिंसा, हत्या, बलत्कार बन्द हुँदै जाऊन् ।
सहकाल देशैभरि सबैतिर आऊन्
स्वदेशकै अन्नबाट पेट भर्न पाऊन् ।
मेचीदेखि कालीसम्म सधैं रहोस् शान्ति
आपसमा दाजुभाइ नगरून् है क्रान्ति ।
सडकमा कतैपनि नपरोस् है भिड्न
प्रहरीले लाठी बोकी नपरोस् है हिड्न ।
खेतीपाती वर्षादले फष्टाउँदै जाओस्
किसानको मनोबल बढेर नै आओस् ।
भ्रष्टाचारी व्यक्ति भए सुध्रिएर जाऊन्
लोकप्रिय कर्मचारी अड्डातिर आऊन् ।
पीछडा ती बस्तीहरू विकास हुँदै जाऊन्
विकासको फल चाख्न गरिबले पाऊन् ।
नयाँ वर्ष तिमीलाई अनुरोध हाम्रो
सबैतिर फुल्या फल्या देख्नपाऊँ राम्रो ।
बनेपा – ३, नाला, काभ्रे।
प्रतिक्रिया दिनुहोस्: