संसाक स्रष्टा सम्मान – २०८२ को लागि स्रष्टा चयन गरिएको ।

३१ असार २०८२

महोदय,

विषय : संसाक स्रष्टा सम्मान – २०८२ चयन सम्बन्धमा ।

संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन, विकास र विस्तारको लागि विगत १३ वर्षदेखि निरन्तर क्रियाशील संसाक मासिकले गएका १० वर्षदेखि अविच्छिन्न रूपमा स्रष्टा, सर्जकहरूलाई प्रदान गर्दै आएको संसाक स्रष्टा सम्मान यस वर्ष (२०८२) को लागि नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुने निम्न स्रष्टाहरू चयन हुनुभएको व्यहोरा सादर अनुरोध गर्दछौँ ।
१) संसाक गोपालराज मैयाँदेवी साहित्य सम्मान–२०८२ : देवराज सिम्खडा, मार्पाक, धादिङ्ग ।
२) संसाक नवप्रतिभा साहित्य सम्मान–२०८२ : गङ्गा खड्का, बूढानीलकण्ठ, काठमाडौं ।

विद्वत्‌रत्न प्रा.डा.गार्गी शर्माको संयोजकत्वमा सदस्य द्वय साहित्यकार/पत्रकार यशोदा अधिकारी र लेखक तथा संस्कृति अभियन्ता रत्नप्रसाद श्रेष्ठ अनामणिसहितको ‘संसाक स्रष्टा सम्मान चयन समिति– २०८२’ को निर्णय अनुसार स्रष्टाहरू चयन गरिएको हो ।

संसाकको उक्त सम्मान संसाक मासिकको १३ औँ वार्षिकोत्सवको अवसरमा यही साउन ९ गते एक समारोहकाबीच स्रष्टाहरूमा समर्पण गरिने छ ।

उमेश पाण्डे
सम्पादक/प्रकाशक
मिति : २०८२/०३/३१ गते ।

प्रतिक्रिया दिनुहोस्: