
काठमाडौं, असार २८ गते शनिबार । अभिनव साहित्य समाजले भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८१ औं मासिक शृङ्खलाअन्तर्गत गृष्म कवि गोष्ठी र आदि कवि भानुभक्त आचार्य को २१२ औ जन्मजयन्ती समारोह सम्पन्न गरेको छ ।
प्रमुख अतिथि नन्दकृष्ण जोशीले देउडा नेपालको मौलिक र लोकप्रिय संस्कृति हो यसलाई विश्वव्यापी बनाउने काममा म निरन्तर लागेको छु । लाग्दै रहनेछु भन्दै एकदुईवटा लोकप्रिय गीत गाउनु भयो । सभाको सभापतित्व विमल अर्यालले गर्नुभयो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा संक्षिप्त प्रकाश पार्दै असारे भाकाको एक गीत गाउनुभयो । स्वागत मन्तव्य परशुराम पराजुली, उद्घोषण शारदा खनालले गर्नुभएको थियो ।
सृजना वाचन गर्नेहरूमा गङ्गाप्रसाद भेटवाल, ठाकुप्रसाद खितिवडा, ओमप्रसाद कोइराला, भावना नेउपाने, बद्रीप्रसाद सुवेदी, बाजुराम पौडेल, बुद्धिसागर पौडेल, मुरारी सिग्देल, मेनका पोखरेल, जस्ताघरे, कृष्णप्रसाद पौडेल, दिवाकर न्यौपाने, वासुदेव पौडेल, गीता बराल, रामचन्द्र दाहाल, सुरेशचन्द्र घिमिरे, गङ्गा खड्का, विजया बस्नेत, जानुका भट्टराई, सीताराम पोखरेल, सुशील आचार्य, मुकुन्द आचाई, बद्री अर्याल, शर्मिला तिमल्सिनालगायत ५० जनाभन्दा बढी रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: