कविता

प्रेमी

९ श्रावण २०८२
Radhadevi Pandey
राधादेवी पाण्डे

तिमी नजिक बस्यौ मेरो मुटुनेर
सबै सुम्पिदिय मैले तिमिनेर
बिचबाटो भेटभयो तिम्रो र मेरो
समुद्र को डुङ्गा नाउसंगै तर । १।

जिन्दगी का कति कुरा गर्दा गर्दै
दुई हात समाउँदै नदी पारी तर्दै
गोरेटोमा हिड्दा मूलबाटो भेटिन्छ
पाइला यी अघि प्रेमको ज्योति छर्दै । २।

वर्षातको दिन कालो बादल अँध्यारो
बाडीले धमिलिएको नदी तर्न गारो
कति हुन्छन् कठिनाइका दिनहरू
तैपनि मलाई सारै तिमी लाग्छ प्यारो । ३।

बिहानीमा चिरबिर चिबे  कराउँदा
महिले सबै बिर्सेछु तिमीमै हराउँदा
यसको जरो पैल्याउन अति गारो
चोखो प्रेम कहिले नठान्नु उधारो । ४।

गोँगबुँ गणेशस्थान, काठमाडौ। 

प्रतिक्रिया दिनुहोस्: