श्रद्धा र सहयोगको उदाहरण : त्रिवेणीधाममा ब्राह्मण भोजन 

१६ श्रावण २०८२

नुवाकोट (त्रिवेणी धाम, शिवपुरी – ६) साउन १५ गते।  त्रिवेणीधाममा एक विशेष पुण्य कार्य सम्पन्न गरिएको छ। बानियाँटार, जाल्पाचोक, काठमाडौं निवासी सीता लुइँटेलद्वारा आफ्ना दिवंगत पति स्व. माधव लुइँटेल र दिवंगत स्व. गोकर्ण लुइँटेलको पुण्य स्मृतिमा रु १०,०००/- (दश हजार रुपैयाँ) सहयोग प्रदान गरी त्रिवेणीधाममा ब्राह्मण भोजन, पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरियो ।

उक्त पुण्यकार्यमा श्रीमती लुइँटेलका छोरा केशव लुइँटेल, छोरीहरू सम्झना लुइँटेल र सिर्जना लुइँटेलको पनि सहभागिता रहेको थियो।

पारिवारिक श्रद्धाञ्जलि स्वरूप गरिएको यस धार्मिक कार्यक्रममा त्रिवेणीधामका वटुक ब्राह्मणहरूलाई भोजन गराइयो र दिवंगत आत्माहरूको शान्तिका लागि विशेष पूजा तथा आरती सम्पन्न गरियो।

यस पावन अवसरमा त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाको तर्फबाट श्रीमती सीता लुइँटेल र सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद प्रकट गर्दै यस्ता पुण्य कार्यले धार्मिक आस्थाको प्रवर्द्धन मात्र नभई समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिएका छौँ।

संस्थाले सहयोग रकमलाई पारदर्शी ढंगले धार्मिक प्रयोजनमा प्रयोग गरेको छ र आगामी वार्षिक प्रतिवेदनमा समेत यसलाई उल्लेख गरिनेछ।

शान्ति, सेवा र संस्कारको यात्रामा हामी सबै एकजुट बनौँ ।

प्रतिक्रिया दिनुहोस्: