संसाक मासिकको तेह्रौँ वार्षिकोत्सव र स्रष्टा सम्मान

१६ श्रावण २०८२

काठमाडौं, साउन ९ गते शुक्रबार । संस्कृति ,साहित्य र कलाको त्रिवेणी संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा तीन जना स्रष्टाहरू सम्मानित हुनुभएको छ । संसाक मासिक पत्रिकाले आफ्नो तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा स्रष्टाहरूलाई सम्मानित गरेको हो ।

पारामाउण्ट एकेडेमी जालपाचोकको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा धादिङका देवराज सिम्खडा ‘संसाक गोपालराज/मैयादेवी काव्य सम्मान’ बाट सम्मानित हुनुभएको थियो भने साहित्यकार गङ्गा खड्का ‘संसाक नवप्रतिभा सम्मान’ बाट सम्मानित हुनुभएको थियोे । त्यसैगरी ‘संसाक बालप्रतिभा सम्मान’ बाट काठमाडौँ युरो आईबी वर्ल्ड स्कुल गोँगबुँका प्रिन्स पाण्डे सम्मानित हुनुभएको थियो । त्यसैगरी योग गुरु केदारनाथ पाठकलाई संसाकको विशिष्ट सदस्य बन्नुभएकामा धन्यवाद ज्ञापन गर्दै दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको भूमिका संविधान सभा सदस्य जगदीश्वरनरसिंह के. सी. ले निर्वाह गर्नुभएको थियो । त्यसअवसरमा विद्वत्‌रत्न गार्गी शर्मा र डा.सत्यराज थपलिया विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू प्रा.डा. गोविन्द मानसिंह कार्की, वरिष्ठ बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल, डा.शैलेन्दुप्रकाश नेपाल, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, उपप्राध्यापक अनुपमा रेग्मी, डा.शशी थापा पण्डित र साहित्यकार विजयध्वज थापा विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा कवि नरबहादुर बि.सी., कवि श्यामसुन्दर श्रेष्ठ, लेखक बाबुलाल भण्डारी, कवि सुशीला ढकाल अधिकारी, कवि प्रकाश बस्नेत गफाडी, साहित्यकार दीपक लोहनी, पत्रकार मणि लोहनी, लोकगायक ध्रुवराज खड्का, साहित्यकार धन्वन्तरी मिश्र, साहित्यकार ध्रुवराज थापा, कवि/गीतकार प्रेम राई परीक्षित, साहित्यकार ललिता दोषी, कवि घन थापाल, कवि राजेशमान के.सी., कवि एञ्जल निलु, कवि टंकबहादुर बजगाई खत्री, कवि राजनप्रसाद न्यौपाने, कवि राधादेवी पाण्डे, गायक रामकुमार केसीं, गायक अस्मिता धमला, कवि बासुदेव ठकुरी, निशा पाण्डे, योगेन्द्र पाण्डे, कृष्णबहादुर राउत, जितेन्द्र बिष्ट, जेपी नेपाल, श्यामकुमार खड्का, कवि माया बस्नेत थापा, जेहेन्ता पाण्डे, मनुश्री लोहनी, उमा पाण्डे, विष्णुप्रसाद थपलियागायत साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई सम्मान गर्दा उहाँहरूको परिवारका सदस्यलाई पनि सम्मान गरेर कार्यक्रमलाई अझै रोचक बनाइएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संसाक मासिकको उपसम्पादक भवानी पन्तद्वारा प्रस्तुत गरिएको थियो भने कार्यक्रममा उपस्थित महानुभावप्रति धन्यवाद ज्ञापन उपसम्पादक तारा के. सी.द्वारा गरिएको थियो । कार्यक्रममा संसाकका प्रकाशक तथा सम्पादक उमेश पाण्डेले संसाकका विविध गतिविधि प्रकाश पार्दै सम्मानित स्रष्टालाई बधाई ज्ञापन गर्नुभएको थियो । त्यसैगरी वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले सम्मानित स्रष्टाप्रति बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नारी विद्वत रत्न गार्गी शर्माले पनि सम्मानित व्यक्तिहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो । सो कार्यक्रममा संसाकको विशेष अङ्कको विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा देवराज सिम्खडाले सम्मानित स्रष्टाको तर्फबाट आफ्ना सारगर्भित मन्तव्य राख्नुभएको थियो । सम्मानित स्रष्टा गंगा खड्काले भने आफ्नो लघुकथा ‘गरिमा’ वाचन गरेर सुनाउनुभएको थियो । निर्धारित समयमा सुरु गरिएको सो कार्यक्रम छोटो, मीठो र उत्कृष्ट बनेको थियो । साहित्यकार उत्तम विचार भेटुवालले कार्यक्रमको सञ्चालन तथा उद्घोषण गर्नुभएको थियो ।

वि.सं. २०७० साउनबाट प्रकाशन आरम्भ गरेको संसाकले २०७४ बाट स्रष्टाहरूलाई सम्मानित गर्न थालेको थियो । संसाकबाट हालसम्म ७३ जना स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: