
काठमाडौ, २०८२ असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् ।
विश्व शान्ति तथा एकिकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाविद्द्यालय संघको सयुक्त्त आयोजनामा शान्ति साहित्यक सभा तथा एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार धोषणा गरिएको छ । साहित्यक सभामा आयोजक विश्व शान्ति तथा एकीकृत परिवार संघका दक्षिण एसियाका निर्देशक कृष्ण बहादुर अधिकारी सेवकले उक्त पुरस्कारको घोषणा गरेका हुन् । गीतकार समेत रहेका अधिकारीले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताए । अधिकारीले नेपाल मात्र नभइ दार्जलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा, झ्याम्टोको संयोजनले वातावरण गुञ्जायमान हुने गरेको बताए । संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुवात हुनु अद्वितीय उदाहरण भएको अधिकारीको भनाइ छ । ‘भानु जयन्ती केबल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो,’ उनले भने। गीतकार अधिकारीले विश्व शान्तिका अभियान्ता डा.सन म्याङ्ग मुन र डा.हाक जा हान मुनको प्रेरणाा बाटै आफूले साहित्य मार्फत शान्ति स्थापना गर्न सकियोस् भनेर शान्ति साहित्यक सभाको घोष्णा गरेको जानकारी दिए ।
कार्यक्रमको प्रमुख आतिथ्य भीम उप्रेतिले गर्नुभएको थियो । कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी र रन्जना निरौला, कृष्ण बाउँसे, भोज कुमार धमला, गंगा खतिवडा, दिप डाँगी, रिता खतिवडा, सुभाष सिंह पराजुली लगायतका १८ जना अतिथि कविहरूले कविता वाचन गरेका थिए । कविता वाचन कार्यक्रममा अधिकांशले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसङ्गतिविरुद्ध सिर्जनामार्फत् भावना पस्किए । कवि रुपसिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रमका स्वागत मन्तव्य एच बि खत्रीले दिनुभएको र समाजसेवी विनोद डांगीले धन्यावाद दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: