काठमाडौं, २०८२ साउन ३१ गते शनिबार । अभिनव साहित्य समाजले भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८२ औं मासिक शृङ्खलाअन्तर्गत २४ औं साधारण सभा, कवि गोष्ठी, पूर्व उपाध्यक्ष बलराम अर्यालको स्मृति सभा र महिलाहरुको महान् पर्व तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र विशेष अतिथिमा युवराज मैनाली, ठाकुरप्रसाद भण्डारी, शीतल गिरी आदि रहनुभएको थियो । सभाका सभापतित्व विमल अर्यालले गर्नुभएको थयो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा संक्षिप्त प्रकाश पार्दै र आगामी कार्यक्रमको विषयमा प्रकाश पार्नुभएको थियो ।सचिवको प्रगतिप्रतिवेदन परशुराम पराजुली, आर्थिक प्रतिवेदन घनश्याम प्रसाई, उद्घोषण शारदा खनालले गर्नुभएको थियो ।
सृजना वाचन गर्नेहरूमा ठाकुप्रसाद खतिवडा, ओमप्रसाद कोइराला, बद्रीप्रसाद सुवेदी, बाजुराम पौडेल, बुद्धिसागर पौडेल, मेनका पोखरेल, जस्ताघरे, दिवाकर न्यौपाने, वासुदेव पौडेल, गीता बराल, सुरेशचन्द्र घिमिरे, प्रकाश बस्नेत, जानुका भट्टराई, सीताराम पोखरेल, सुशील आचार्य, शर्मिला तिमल्सिना, सरिता दुलाल, सुमित्रा श्रेष्ठ, मधुसूदन घिमिरे, भवानी सापकोटा, युगल नारायण पन्त, आलोक चालिसे, निर्मल अर्याल, केशव अर्याल, गोकर्ण अर्याल, उद्धव रायमाझी, वसन्त रिजाल, भरतमणि ढुङ्गाना, रामेश्वर श्रेष्ठ, सुशील वाग्ने, गोपाल बराललगायत रहनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: