सुरभिमा मोती जयन्ती

१० भाद्र २०८२

काठमाडौँ, भदौ ६ । सुरभि साहत्यि प्रतिष्ठानले १६० औँ मोती जयन्तीको अवसर पारेर विशेष गजलवाचनको कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको यो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे वेदमणि र सल्लाहकार अच्युत चालिसे अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानले नियमित आख्यानवाचन कार्यक्रम गरेर कथावाचन गराउने पहिलो संस्था भएको कुरा सर्वविदितै छ । त्यसका साथै कवितावाचन तथा गजलवाचनका विशेष कार्यक्रमहरू सञ्चालन गरेर प्रतिष्ठान यस क्षेत्रको उत्कृष्ट साहित्यिक संस्था भएको कुरा बताउँदै यस्ता कार्यक्रमहरूलाई वडा कार्यालयले सहयोग गर्ने कुरा बताउनुभयो । गोविन्द घिमिरे वेदमणिले मोतीराम भट्टको बारेमा बताउँदै यस्ता कार्यक्रमले प्रतिष्ठानलाई माथि उठाउने कुरा व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष बाजुराम पौडेलले मोतीरामको बारेमा बताउँदै गजल वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गरेको कार्यक्रममा मोतीराम भट्टका गजलहरू वाचन गर्दै स्वागत गर्नुभएको थियो । कार्यक्रममा गजलकार बिपी इलामे, परशुराम पराशर, गोविन्द घिमिरे लगायतले गजल वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: