काठमाडौँ, भदौ १४ गते शनिबार । ज्योति साहित्य प्रतिष्ठानको २२२ औं शृङ्खला सुश्री भद्रकुमारी घले निवास, डिल्लीबजार काठमाडौमा सप्पन्न भयो । कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह सभापति, विद्वत्रत्न प्रा.डा. गार्गी शर्मा प्रमुख अतिथि र साहित्यकार पुष्कर लोहनीका साथै विनेसाम ललितपुर शाखाका अध्यक्ष नीता श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो ।
ज्योति साहित्य प्रतिष्ठानको उक्त कार्यक्रमको संयोजन तथा सञ्चालन रचिता दाहालले गर्नु भएको थियो । स्वागत मन्तव्य ज्योति साहित्य प्रतिष्ठानका सदस्य जाँयस जयाले गर्नु भएको थियो ।
साहित्यकार, समाजसेवी तथा कलाकार सुश्री भद्रकुमारी घलेलाई उक्त कार्यक्रमका सभापति मणिराज सिंह, प्रमुख अतिथि विद्वत्रत्न प्रा.डा. गार्गी शर्मा, विशिष्ट अतिथि पुष्कर लोहनीबाट ‘साहित्य तथा समाज सेवा रत्न सम्मान’ बाट सम्मान गरिएको थियो ।

विशिष्ट अतिथि पुष्कर लोहनीको साथै अतिथिहरू नीता श्रेष्ठ, भुवन शिवाकोटी, सरस्वती गिरी, रश्मि रिमाल, राज रजक, योगराज राजन, दिल बहादुर चौधरी, जाँयस जया, इन्दिरा दाहाल आदिले मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्व सुश्री भद्रकुमारीघलेको बारेमा जाँयस जयाले प्रकाश पार्नुभएको थियो । भन्द्रकुमारी घलेले सहित ज्योति साहित्य प्रतिष्ठान घरमा आएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि विद्वत्रत्न प्रा.डा.शर्माले घले जस्तो निरोगी, निडर, निर्भिक स्वावलम्वी, समाजसेवी महिला साहित्यकारलाई हामीले ‘शताब्दी नारी’ भनेर किन नभन्ने भन्दै आफ्नो भनाइ राख्नुभयो ।
कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले भद्र कुमारी घलेलाई उहाँकै निवासमा आएर सादर, सम्मान गर्न पाउँदा प्रतिष्ठान नै गौरवान्वित भएको अनुभूति व्यक्त गर्दै विद्वत्रत्न प्रा.डा.गार्गी शर्माले भने अनुसार भद्रकुमारी घलेलाई ‘शताब्दी नारी सम्मान’ बाट सम्मानित गर्न हामी साहित्यकार तथा समाजसेवीहरू उत्साहित छौँ, भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्: