काठमाडौँ, भदौ २१ गते शनिबार । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोँगबुँको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनसत्रमा सभापति केन्द्रका अध्यक्ष केदारनाथ पाठक र प्रमुख प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा टोखाका उपमेयर मुरारी तामाङ र प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहोरा रहनुभएको थियो । सभामा जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
वार्षिक साधारण सभाको दोस्रो तथा बन्दसत्रले महासचिव प्रकाश काफ्लेद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष बाबुराम न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।

निर्वाचन अधिवेशनको रूपमा रहेको १७ औँ वार्षिक साधारण सभाले मिना सिवाकोटीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष– मिना सिवाकोटी, प्रथम उपाध्यक्ष– लब प्रसाद ढुङ्गाना, द्वितीय उपाध्यक्ष– राधा देवी पाण्डे, महासचिव– उत्तम थापा, सचिव– पवित्रा अधिकारी, कोषाध्यक्ष– श्रीराम के.सी., सह कोषाध्यक्ष– कृष्ण कुमारी थापा रहनुभएको छ । त्यसैगरी नव निर्वाचित सदयहरूमा प्रदिप महर्जन, विदुर राना मगर, विकास कुमार दास, जीवन मल्ल, याम बहादुर राई, शित्तल श्रेष्ठ, भावना गौतम ज्ञवाली, सरस्वती पौडेल नेपाल, गीता सापकोटा र बिनोद नेपाली चयन हुनुभएको छ ।
नयाँ कार्यसमितिको निर्वाचन प्रयोजनको लागि सामुदायिक सेवा केन्द्रले विष्णु लामिछानेको संयोजकत्वमा जे.पी. नेपाल, दिनेश पाठक, अभिशेक आचार्य र अञ्जु शाही मानन्धर सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक विष्णु लामिछानेले नव निर्वाचित कार्यसमितिको घोषणा गर्दै समितिका सदस्यहरूलाई केन्द्रको विधान अनुसार सपथ पनि गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्: