काठमाडौँ, भाद्र २१ । सुरभि साहित्य प्रतिष्ठानको १७६ औँ शृङखलाको आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा सुरभिका संरक्षक एवम् अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको प्रमुख आतिथ्यता रहेको थियो । अन्य अतिथिहरूमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, मधुसूदनप्रसाद घिमिरे र अच्युतराम चालिसे रहनुभएको थियो ।
प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्य रहेको यस कार्यक्रममा सुशील आचार्य, रमेश भट्टराई पुजारी, शारदा पराजुली, सरिता दुलाल घिमिरे, खोलाघरे साहिँलो, मधुसूदनप्रसाद घिमिरे, विमल अर्याल र परशुराम पराशरले कथा–लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रममा दर्जनौँ स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले कार्यक्रममा वाचित कथाहरूमाथि टिप्पणी गर्नुभएको थियो । वहाँले कथा वाचनले पनि फरक पर्ने हुँदा संवादलाई संवाद बोलेझैँ र अन्यलाई सामान्यरूपले कथाको परिवेश र प्रकृतिअनुरूप वाचन गर्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि गोविन्द घिमिरे वेदमणिले पनि कथाको बारेमा बोल्नुहुँदै कथालाई जीवन्तता दिन परिवेश र पात्रले सक्नेहुँदा यसतर्फ जोड दिन आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्: