कविता

ज्योतिकुञ्जका कविता

४ आश्विन २०८२
ज्योतिकुन्ज एकेडेमी

भ्रष्टाचार
आक्रोश राई
कक्षा : १०

म बताउँदै छु नेपालको सार
विकृति र विसङ्गतिको पहाड ।

भ्रष्टाचारको दलदलमा फसेको छौ सारा
दिनप्रति दिन नेपालमा बढ्दै छ भ्रष्टाचार ।

आक्रोशले मानिसहरु दुई दुई चार
भ्रष्टाचार गर्नेलाई हान्नुपर्छ मार ।

कुरीति र कुप्रथा हटाएर पार
भ्रष्टाचारी नेताहरूलाई जनता मिली मार ।

नेपालमा यस्ता हजुर सुनै सुनको थाल
देश बेच्ने नेताहरूलाई कहिले आउला काल ॥
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, नुवाकोट ।

प्रकृति
रियाना गौतम
कक्षा : १०

नीला नदी, खोलानाला प्यारो प्रकृति मित्र
हिमाल, पहाड, तराई एउटै भूमिभित्र ।

उचाइ चुम्ने हिमाल र हरियालि फाँट
बिहान उठ्दा देखिने कुहिराको छाँट ।

हरियाली जङ्गलमा ठूला ठूला वृक्ष
प्रकृतिमै बसेको छ एउटा अन्तरिक्ष ।

मेरो देश सुन्दर, विशाल प्रकृतिको धनी
यै देशमा जन्मूँ, मरूँ यही माटो चुमी ।
ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, छहरे, नुवाकोट ।

प्रतिक्रिया दिनुहोस्: