कविता

नव दुर्गा वन्दना

१३ आश्विन २०८२
Radhadevi Pandey
राधादेवी पाण्डे

देवी दुर्गे भगवती अम्बिका नाम ।
शुलेर्श्वरी रक्षा गरून् नलेर्श्वरी आमा ॥१।
हृदयमा बास गर सबैको मस्तिष्कमा ।
सम्पूर्णको रक्षा गरिराख बाम महाँ ॥२।

चित्त लागोस् हरदिन तिम्रो कीर्तनमा ।
गर्नसकूँ मनुष्यको यही चोलामा ॥३।
अभिष्ट दाता तिमी जे मागे नि माता ।
शिद्धि प्राप्त गरिदिने यिनै हुन् दाता ॥४।

मनुष्यलाई तेज बुद्धि दिने ज्ञान आज ।
राक्षसको नासगरी देवतालाई राज ॥५।
भयङ्कर बलशाली आकाश मार्ग नि ।
श्रीकृष्णलाई रक्षा गर्ने विन्दवासिनी॥६।

दुखबाट पार लाउँने कालीरूप धारिणी ।
भक्तहरुको प्रेम भक्ति वृद्धि गरिदिनी ॥७।
आत्मा स्वरूप तिमी आमा नाम शैलपुत्री ।
कोटी कोटी प्रणाम गर्छु ब्रह्म चारीणी ॥८।

यी महिषासुरहरू नासाँै सबै बधगरी ।
महामाया जगदम्बा मणिदीप सरी ॥९।
सत्यको प्रतीक दुर्गा हृदयनिवासिनी ।
ब्रह्मालाइ वर दिनी दुष्टहरू नासिनी ॥१०।

अब पूरागर सबको ईच्छा र भावना ।
दुई हजार बयासीको छ शुभकामना ॥११।

गोँगबुँ गणेशस्थान, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: