कविता

पर्व

२० आश्विन २०८२
पार्वती पुडासैनी

म जीवनका हरेक क्षण विजय उत्सव मनाउन चाहन्छु
केवल एक दिन र एउटा पर्वमा मात्र होइन ।

यो जीन्दगी एउटा ठूलो पर्व हो
मलाई केही दिनको पर्वले मात्र पुग्ने छैन ।

हरेक मान्छेहरूले खान पाउनु पर्छ सधैँभरि
लगाउन पाउनु पर्छ सधैँभरि
र रमाउनु पाउनु पर्छ सधैँभरि
एउटा पर्वमा मात्र रमाएर पुग्दैन ।

वर्षदिन ऋणको भारी बोक्नुछैन
पर्व मेरो आँगनमा पनि आउनुपर्छ
पर्व उसको आँगनमा पनि आउनुपर्छ
कसैको आँगनमा पर्व
र कसैको आँगनमा पीड़ा हुनुहुँदैन ।

गोँगबुँ, नयाँबसपार्क, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: