दशैँ
दुवना खत्री
कक्षा : ७
२०८२ को दशैँ पनि आयो
टीका लाउने, आशिस पाउने खुल्दुली ल्यायो ।
गाउँघरमा देशै सारा दशैँ आयो
सबैको घरघरमा खुसीयाली छायो ।
नौ दुर्गाले सबलाई रक्षा गरून्
सबैको घरघरमा खुसी, शान्ति भरून् ।
खुसी साथ मनाउँछन् महान्पर्व दशैँलाई
दुःख, कष्ट, रुन नपरोस् कसैलाई ।
निधारभरि टीका कानमा जमरा
विदेश गएभन्दैमा कसैको माया नम्रार ।
यो दशैँ सबैको रमाउँदै जाओस्
यसैगरी रमाउने दिन फेरि आओस् ।
शान्ति, समृद्धि छाओस् सुखको छायाँ
दशैँले लिएर आओस् उज्यालो माया ।
नेशनल ब्लुमिङ फ्लावर एकेडेमी (एनबीएफए)
बूढानीलकण्ठ–४, रुद्रेश्वरचोक, काठमाडौं।
दशैँ
युजन के.सी.
कक्षा : ८
आँगनमा जमरा हरियो, खुसीले भरिएको
दशैँ आयो हर्षका साथ, सबैको मन रमाएको ।
ठूलाले निधारमा लगाइदिन्छन्
रातो टीका र सुनौलो अक्षता
सानाको मन खुसी हुन्छ,
आशीर्वाद सधैं रहोस् खुसी र ममता ।
बुबाआमाले दुवै हात उठाएर दिन्छन्
जीवनभरिको आशीर्वाद
ठूलो पिङ्ग खेल्नका लागि गर्छन्
बालबालिका विवाद ।
घरघरमा मिठा परिकार पाक्छ,
त्यही मिठासले भरिन्छ सबैको मन ।
दशैँ हो यस्तो चाड
जसले बलियो हुन्छ परिवारको बन्धन ।
बिहान सबेरै उठी नुहाउँछन्
नयाँ कपडा लगाउँछन् ।
सबै परिवारका सदस्य मिलेर
नाचगान गरी रमाउँछन् ।
कोही उडाइरहेका हुन्छन् चङ्गा
कोही खेल्छन् पिङ ।
दशैँको रमझमले हुन्छ
हाम्रो नेपाल नै रङ्गीन ।
दशैं एक पर्व मात्र होइन
जीवनमा दिनेगर्छ सन्देश ।
एकता, सद्भाव र सहकार्य गराउने
हो यो चाड विशेष !
नेशनल ब्लुमिङ फ्लावर एकेडेमी (एनबीएफए)
बूढानीलकण्ठ–४, रुद्रेश्वरचोक, काठमाडौं।


प्रतिक्रिया दिनुहोस्: