कविता

तिहार

३ कार्तिक २०८२
जगदीश्वर पोखरेल

प्रसून हार लाउँछ ।
दिनेश हेर्न आउँछ ॥
छ रूप रङ्ग जोसिलो ।
फुले छ फूल कोपिलो ॥१॥

तरङ् रङ्ग दङ्ग छन् ।
मृदङ् दङ्ग पर्दछन् ॥
सितार तार तन्किदा ।
प्रफुल्ल देउसी सदा ॥२॥

दिदी र भाइ तेलको ।
महत्त्व हुन्छ सेलको ॥
बिहान साँझ रातमा ।
पुजेर देवकी रमा ॥३॥

झलल्ल झल्ल दीपले ।
निवास वास झन् खुले ॥
जमात खेल्छ देउसी ।
अचम्म बन्दछन् खुशी ॥४॥

उमङ्ग सप्त रङ्गको ।
प्रदीप्त दीप्त दीप भो’ ॥
सदैव गर्छ गर्व यो ।
तिहार हार पर्व हो ॥५॥
छन्द : प्रमाणीका (जर लगु, ५ मा विश्राम) ।
पाउँदीबजार, लमजुङ
सम्प्रति : क्यालिफोर्निया, अमेरिका। 

प्रतिक्रिया दिनुहोस्: