कविता

शिवपुरी स्वर्गको टुक्रा

४ कार्तिक २०८२
रश्मि रिमाल

हो, हाम्रो देश स्वर्गजस्तो
प्रकृतिकी राजा हो ।
जन्मभूमि देशको रक्षा गर्ने तिमी हौ ।
समय समयजस्तै भएको छ ।
तिमी जस्तै भएको
बादलमा डुबुल्की मार्दै
तिम्रो पछि पछि दौडिरहेकी
रेसा रेसामा कुदिरहने
प्रकृतिसँग लुकामारी खेलिरहने
तिमी परी हौ ।

तिमीमा विकास छ
तिमीमा शान्तिको सन्देश फैलाई
यो जन्मभूमिलाई रक्षा गर्नु छ ।
तिम्रा प्रत्यक्ष देखिने तस्बिरहरू छन् ।
तिमी बोलिदिने भान भए जस्तो
तिम्रो रूप
शहीदको सपनाहरू खेर जान दिँदैनौँ ।
यस प्रकृतिको ऋण कहिले तिर्ने हो !
सम्पूर्ण तीर्थस्थलको संगम हौ ।
शिवपुरी तिमी !
साहित्यको तीर्थस्थल हौ ।
साच्चै तिमी
स्वर्गको टुक्रा भएर उभिएका छौ ।
काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: