कविता

ज्योतिकुञ्ज एकेडेमीको कविता

८ कार्तिक २०८२
ज्योतिकुन्ज एकेडेमी

परिवार
कुसुम बस्याल
कक्षा : १०

सुख, दुःख साट्ने एउटा आधार परिवार
एकता भए हराउन सक्छ बनेर हतियार ।

टुटाउन खोज्छन् एकता हाम्रो अरूले आएर
माया र प्रेमले भरिएको यो हाम्रो परिवार ।

सानो छ तर दुःख र सुख साट्छौँ यहाँ नै
पुग्नु छ त्यो लक्ष्यमा हामी ज्ञानहरू मिलाई ।

भए परिवार सक्छौँ हराउन सबै शत्रुलाई
नराम्रो भन्न सक्दैनन् त्यहाँ कसैले कसैलाई ।

ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, छहरे, नुवाकोट। 

 

भ्रष्टाचार
डिप्लभ नगर्जी
कक्षा : ९

धर्म, संस्कृति बेचिखाने गर्ने भ्रष्टाचार
हिमाल, पहाड दाउमा राखी चढ्ने नयाँ कार ।

कैले बेच्छन् कोशी नदी, कैले काली खोला
यस्तै चाल हो भने देश चाहिँ के होला !

राजतन्त्र हटाएर गणतन्त्र ल्याउने जनता
विकास होला भनेको त बिग्रियो त्योभन्दा ।

सबै जना झुटा छन् छैनन् कोही फियर
नेता, मन्त्री संसदमा खेल्छन् म्युजिकल चेयर ।

भ्रष्टाचार धेरै गरे छैन कुनै नापी
देशलाई बेचिखाने नेताहरू पापी ।

ज्योतिकुञ्ज एकेडेमी
लिखु–६, छहरे, नुवाकोट।

प्रतिक्रिया दिनुहोस्: