२०८२ कात्तिक ८, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति “अलग” र उपन्यासहरु “बन्धन” र “पछुतो” को लोकार्पण गरेको छ ।
डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति कलाकार के के कर्माचार्य, कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरू पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र के. सी., गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, वरिष्ठ सङ्गीतकार प्रदीप बमजन, वरिष्ठ समालोचकहरू प्रा. डा. गोविन्दमानसिंह कार्की, डा. शान्तिमाया गिरीलगायतले सो कृतिहरुको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा कृतिकार वेदकुमारी न्यौपानेको कथाकृति “अलग”को समीक्षा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले गर्नुभएको थियो भने “बन्धन” उपन्यासको समीक्षा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले र “पछुतो” उपन्यासको समीक्षा डा. शान्तिमाया गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि के के कर्माचार्य, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरू दीपेन्द्र श्रेष्ठ, मदनदास श्रेष्ठ, प्रा.डा. सुरेन्द्र के. सी., हिरण्यकुमारी पाठक, साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंह लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

कवि एवं पत्रकार यशोदा अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, साहित्यकारहरू गोपालप्रसाद थपलिया, पुरुषोत्तम दाहाल, विजयध्वज थापा, रामप्रसाद पन्त, उमेश पाण्डे, राजन न्यौपाने, तारा के. सी., शरद प्रधान, डा. सावित्री श्रेष्ठ, प्रधुम्न जोशी, मथुरा प्रधान, जयन्ता पोखरेल, तुलसीहरि कोइराला, जयदेव भट्टराई, जीवनाथ धमला, बालकृष्ण श्रेष्ठ पासा, लता के. सी, डा. बुनु दाहाल, उषा के. सी., प्रमोद सारङ, भुवन मास्के मुस्कान, डी. आर. राई, गोपीकृष्ण प्रसाईं, भानुप्रकाश जोशी, राज रजक, मन भुजेल, अविकेशर ओलि, केशवप्रसाद पराजुली, तुलसा पहाडी, लता चन्द, नीरा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कृतिकार न्यौपानेका हालसम्म दुई दर्जन जति कथा, उपन्यास, नाटक, गीत, कविता, मुक्तक लगायतका कृतिहरू प्रकाशित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्: