आख्यानकार  सुब्बालाई पोखरामा स्वागत, सम्मान

२० कार्तिक २०८२

२०८२ कात्तिक १७, पोखरा । दार्जीलिङ, भारतबाट पोखरामा आउनु भएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की बाेर्ड अफ ट्रस्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गरेको छ।

सोही अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागकाे विभागीय पुस्तकालयमा सुब्बाले पुस्तक हस्तान्तरण गर्नुभयाे ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै सुब्बाले भन्नु भयो, “जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुसिसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त हुन्छ भन्नुभयो ।”

वरिष्ठ कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथाकृतिहरू लगायत दर्जनौं कृतिहरू प्रकाशित रहेका छन् । सुब्बाले मैनाली कथा पुरस्कार, दियालो, अगमसिह गिरी, साहित्य अकादमी, अनेसास विशिष्ट सम्मानलगायत अनेकौं पुरस्कार र सम्मानहरू पाउनु भएको छ ।

कार्यक्रम नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न भएकाे थियो ।कार्यक्रममा शब्द तथा खादाका माध्यमबाट डा. तिमिल्सिनाले स्वागत गरिएको थियो ।

वरिष्ठ आख्यानकार विन्द्या सुब्बाकाे साहित्यक याेगदानका बारेमा वरिष्ठ संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्याैपानेले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा डा. पूण्यप्रसाद शर्मा, डा. श्रीधर न्याैपाने, उपप्राध्यापक निर्मल सापकोटा लगायत प्राध्यापक तथा विद्यार्थीहरूकाे उपस्थिति रहेकमे थियाे ।

प्रतिक्रिया दिनुहोस्: