पौडेलको निबन्धसंग्रह ‘धमिराको देवल’ लोकार्पण

१ मंसिर २०८२

काठमाडौ, २०८२ कात्तिक २८ गते। शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार बोधराज पौडेलको निबन्धसंग्रह ‘धमिराको देवल’ को लोकार्पण तथा परिचर्चा गरेको छ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीकाे अध्यक्षता र वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण गरिएकाे थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा शंकर लामिछाने प्रतिष्ठान सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतम र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षकहरू सविता ढुंगाना र संगिता शर्मा, वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचकद्वय प्रमोद प्रधान र प्राडा गोविन्दमानसिंह कार्की, निबन्धकार पाैडेल लगायतले कृतिकाे लोकार्पण गर्नुभएको थियो ।

समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले ‘धमिराको देवल’ माथि समीक्षात्मक मन्तव्य राख्दै अध्यात्म, विज्ञान, विपन्नता जस्ता विविध विषय समेटिएका निबन्धमा कल्पना, हृदय र विचारकाे सुन्दर संयाेजन रहेकाे कुरा बताउनुभयो ।

त्यस्तै समालोचक प्रमोद प्रधानले ‘धमिराको देवल’मा मानवीय जीवन, प्रकृति र दृश्यकाे सुन्दर सामीप्य रहेकाे बताउँदै पर्या चेत, प्रकृतिकाे बिम्ब र सिलसिलेवार प्रस्तुतिले निबन्धसंग्रह पठनीय रहेकाे बताउनुभयो ।

प्रमुख आतिथि वरिष्ठ समालोचक प्राडा गौतमले काव्यिक, बिम्बात्मक, सूक्तिमय र इमानदार प्रस्तुित पौडेलको निबन्धगत वैशिष्टय रहेको बताउनुभयो । अध्ययनमा आधारित यथार्थपरक निबन्ध लेख्न त्यत्ति सहज नभएको पनि प्राडा गौतमले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष लेकाली, अतिथि पाठक र कृतिकार पौडेलले पनि मन्तव्य राख्नुभएको  थियो ।

अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा कवि कल्पना काफ्लले सहजीकरण गर्नुभएको  उक्त कार्यक्रममा साहित्यकारहरू – उमेश पाण्डे, प्रेम राई परीक्षित, विष्णु आभूषण, नवराज रिजाल, राजेश खनाल, श्रीबाबु कार्की, होमशंकर बास्तोला, घनबहादुर थापा, राजन न्यौपाने, डी. आर. राई, पारशप्रकाश नेपाल, रितु कँडेल, सन्तोशकुमार दाहाल, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: