काठमाडौं, कात्तिक २९ गते शनिबार । अभिनव साहित्य समाजले आफ्नो २८५ औँ शृङ्खला अन्तर्गत नियमित कवि गोष्ठी र संस्कृतिविद् डा. श्री गोविन्द टण्डनलाई दोसल्ला, अभिनन्दनपत्र नगद रु तीस हजारसहित यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार अर्पण गर्यो । साथै गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित ‘गजलाञ्जली’ र ‘खै के भयो के भयो’ नामक गजल र कविता सङ्ग्रहको लोकार्पण गरियो ।
प्रमुख आमन्त्रित गोकर्णेश्वर न.पा.का प्रमुख दीपककुमार रिसाल, सम्मानित व्यक्तित्व टण्डन, डा. बद्री पोखरेल, ठाकुर शर्मा भण्डारी, डा.सुभास प्याकुरेल, पूर्व सांसद कृष्ण राई, रामप्रसाद पन्त, डिल्लीराज अर्याल, डा. निर्मल घिमिरे, मञ्जुश्री प्रधान के.सी.,बाजुराम पौडेल, महेन्द्र चालिसेलगायत उपस्थित सयभन्दा बढीद्वारा एकैपटक लोकार्पण गरियो ।
प्रमुख अतिथिले गोकर्णेश्वरमा भएको विकास र साहित्यको विकासमा न.पा.को योगदानबारे चर्चा गर्नुभयो र अन्य अतिथिले सम्मानति व्यक्तिको विषयमा, पाशुपत क्षेत्र र साहित्यिक विकासको विषयमा प्रकाश पार्नुभएको थियो । लेखकस्वयंले सबैप्रति आभार व्यक्त गर्दै पुस्तक, उहाँका पिता ज्यौ. हरिप्रसाद घिमिरे, महाकवि देवकोटाकोे बारेमा सामान्य टिप्पणी गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सहसचिव मेनका आचार्य, स्वागत मन्तव्य सचिव परशुराम पराजुली, उपाध्यक्ष विमल अर्यालले समापतित्व गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी गङ्गा पौडेल कर्माचार्य, सरिता दुलाल घिमिरे, ठाकुर खतिवडा, बुद्धिसागर पौड्याल, खोलाघरे साहिँलो, सञ्जय सोती, दिवाकर न्योपाने, सुशील आचार्य, निर्मलरमण पराजुली, भारद्वाज मित्र, मधुसूदन घिमिरे, रत्ननिधि रेग्मी, प्रदीप रत्न शाक्य, सुरेशचन्द्र घिमिरे, भानुभक्त न्यौपाने, विश्वनाथ तामाङ्ग, शर्मिला तिमल्सिना, बी.पी. इलामे, सुमन मित्र, नवराज पुडासैनी, शारदा पराजुली र घनश्याम प्रसाई लगायतले कविता वाचन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: