काभ्रे (बनेपा ), २०८२ पुस १० गते बिहीबार। शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम आयोजना गरेको थियो ।
समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल सभापति रहनुभएको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराउनुभएको थियो ।

काठमाडौँबाट आउनुभएका साहित्यकारहरू डा. इन्दुल केसी, शान्ति रिसाल, राधा कार्की र पार्वती भट्ट एवम् काभ्रेपलाञ्चोक जिल्लाबाट उपस्थित गीतिभास्कर मच्छेश्वर सापकोटा तथा साहित्यकारहरू शारदाप्रसाद शर्मा, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले ‘हिउँफूल’ का विषयमा चर्चा गर्नुभएको थियो ।
कवि मुरहरि रायमाझी ‘हरि’ ले कविता वाचन र कृतिकार उषा केसीले मन्तव्यसहित सभाविसर्जन गर्नुभएको थियो। कार्यक्रम संस्थाका आजीवन सदस्य कवि अच्युत अधिकारीले सञ्चालन गर्नुभएको थियो। मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला अर्पण लेखक दामोदर घिमिरेले र शब्दयात्रा प्रकाशनका तर्फबाट अतिथि साहित्यकारहरूलाई उपहार समर्पण लेखक प्रकाशबहादुर कायस्थले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्: