प्रेम, जीवन र प्रेमिल सिर्जना : अनुभूति र मीठो तिर्सना

३ फाल्गुन २०८२

काठमाडौ , २०८२ फागुन २ । भ्यालेन्टाइन डे (प्रेम दिवस) को अवसरमा संसाक मासिक पत्रिका र ईसंसाक पत्रिकाको आयोजनामा राजधानीमा ‘प्रेम, जीवन र प्रेमिल सिर्जना : अनुभूति र मीठो तिर्सना‘ विषयक अन्तरकृया र सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

उपस्थित सर्जकहरूले आफ्नो जीवनका प्रेमिल अनुभूति प्रस्तुत गर्दै रचना वाचन गरिएको सो अनुभूति र सिर्जनामाथि हरेक स्रष्टाले आआफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोर सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले गुलाफ साटासाट गर्नुमा मात्र प्रेम दिवस मनाउँनुको सार्थकता रहँदैन भन्नुहुँदै हरेक मान्छेले अर्को मान्छेलाई आदर, सत्कार र प्रेम गर्नुमै प्रेम दिवसको सार्थकता रहने कुरा बताउँनुभयो ।

सो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा देवराज सिम्खडा, तारा के. सी., उत्तम विचार भेटुवाल, पार्वती पुडासैनी, उमा थपलिया र पार्वती भट्ट सिम्खडा रहनुभएको थियो । उहाँहरू हरेकले आआफ्नो प्रेमिल जीवनका भोगाई,  उतारचढ़ाव र सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो । त्यस अतिरिक्त विशाल ठाकुर, अन्जु शर्मा, धर्मेंद्र पौडेल, मन्जु शर्मा आदिले पनि आआफना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

प्रेम दिवसलाई भव्य, शालिन र सार्थक बनाउँन ऋध्दि सिध्दि स्वीट हाउसले प्रेमिल केक उपलब्ध गराएको उक्त कार्यक्रममा उपस्थित साहित्यकारहरूले केक काट्नुका साथै उपस्थित सबैलाई केक बाँडेका थिए ।

संसाक पत्रिकाका सम्पादक उमेश पाण्डेले  अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको  संयोजन कवि तारा के.सी.ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: