गीत

गीत

११ चैत्र २०८२
लीलाराज दाहाल

गीत

तिमी जति रिसाऊ, एकदिन फकाइहाल्छु
मायाले बाँधी तिमीलाई, एकदिन सताइहाल्छु !

सम्झनाको रुमाल च्यातिसक्यौ कि
प्रेमले उन्या माला फ्याँकिसक्यौ कि
मनमा छ भाव कस्तो एकदिन बताइहाल्छु
मायाले बाँधी तिमीलाई एकदिन सताइहाल्छु !

यो मनदेखि त्यो मन नबढाऊ दूरी
कलेजीमा प्यारको नचलाऊ छुरी
तिम्रो मनभित्र हक एकदिन जताइहाल्छु
मायाले बाँधी तिमीलाई, एकदिन सताइहाल्छु !

वागमती–११, कर्मैया, सर्लाही। 

प्रतिक्रिया दिनुहोस्: