कविता

के सामान्य ठान्दछौर ?

२१ चैत्र २०८२
ज्ञान्दरी कैनी

नयनमा नयन जुधेको
ओठले मुस्कान छोडेको
के सामान्य ठान्दछौर तिमी ?

यो मनले त्यो मन पढेको
पाइला थोरै नजिक बढेको
के सामान्य ठान्दछौर तिमी ?

तिम्रा ओठले नबोलेरै
मैले धेरै कुरा बुझेपछि
मैले मुन्टो हल्लाएरै
दिएको मौन स्वीकृतिलाई
के सामान्य ठान्दछौर तिमी ?

टोखा–१०, गोँगबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: